खगेन्द्र संग्रौलाको व्यंग्य: दुनियाँले यस्तै विज्ञ अर्काे ओली झेल्नु नपरोस - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

खगेन्द्र संग्रौलाको व्यंग्य: दुनियाँले यस्तै विज्ञ अर्काे ओली झेल्नु नपरोस



काठमाडौं- हरेक विषयमा खरो र तार्किक प्रतिक्रिया दिने प्रखर वक्ता लेखक खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यंग्य गर्दै विभिन्न विदको संज्ञा दिएका छन् । कोरोना महामारीको बेलामा नेपालीको रोग प्रतिरोधी क्षमता बढी हुन्छ भनेर प्रधानमन्त्रीले गरेको दाबी ट्रोल भैरहेका बेला उनले यस्तो व्यंग्य गरेका हुन् ।

सांसदहरूले राष्ट्रिय सभामा राखेका प्रश्नको जवाफ दिंदै प्रधानमन्त्री ओलीले बिहिबार क्वारेन्टाइनमा भएको करणी लगायतका बिषयमा दिएको अभिव्यक्तिलाई पनि संग्रौलाले ट्वीटमा लक्षित गरेका छन् । संग्रौलाले लेखेका छन्, ‘खड्गप्रसाद शर्मा ओली कतिसाह्राे विद् ! काेराेनाविद् यिनै, करणीविद् यिनै, जलवायुविद् यिनै, ग्रहदशाविद् यिनै, उखानटुक्काविद् यिनै, काव्यविद् यिनै, जडिबुटीविद् यिनै, हावाविद् यिनै।’

प्रधानमन्त्रीओलीले दिएका धेरैजसो अभिव्यक्ति विवादमा पर्ने गरेका छन् । सामाजिक संजालमा उनका अभिव्यक्तिलाई लिएर बिभिन्न ट्रोलहरू पनि भाइरल बनिरहेका छन् । खासगरी उनले बिषयलाई विज्ञले जसरी गरेको दाबीलाई संग्रौलाले व्यंग्य गरेका छन् ।

यस्तो छ उनले लेखेको ट्वीट

खड्गप्रसाद शर्मा ओली कतिसाह्राे विद् ! काेराेनाविद् यिनै, करणीविद् यिनै, जलवायुविद् यिनै, ग्रहदशाविद् यिनै, उखानटुक्काविद् यिनै, काव्यविद् यिनै, जडिबुटीविद् यिनै, हावाविद् यिनै।अतिविद् ओली सर युगान्तकारी टपर्टुइयाँ हुन्। जब याे युग तुरिन्छ, दुनियाँले यस्ताे अर्काे ओली झेल्नुपर्नेछैन।