प्रधानमन्त्रीको आलोचना गर्दा बुद्धिजिवीमाथि खनिए योगेश भट्टराई - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

प्रधानमन्त्रीको आलोचना गर्दा बुद्धिजिवीमाथि खनिए योगेश भट्टराई



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेहरूप्रति लक्षित गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराई खनिएका छन् । प्रधानमन्त्रीले नेपालका जैविक कुराहरुको प्रशंसा गर्दा धेरै बुद्धिजिवीले खिल्ली उडाएको उनको भनाई थियो ।

बिहीबार राष्ट्रिय सभामा विनियोजित शिर्षक माथिको छलफलको क्रममा संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय सम्बन्धी उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सो धारणा राखेका हुन् ।

कुनै देशका प्रधानमन्त्रीले योगाभ्यास गर्नुस्, अर्गानिक खानुस्, प्रतिरोधी क्षमता बढाउनुस् भन्दा धेरैले प्रशंसा गरेको भन्दै उनले भने ‘ओहो, प्रधानमन्त्री भनेको यस्तो पो हुनु पर्छ, कोरोना विरुद्ध लड्न जनतालाई हौसला प्रदान गर्ने भनेर भने ।’

जब हाम्रो देशको प्रधानमन्त्रीले संसदमा आएर कोरोना विरुद्धको लडाईमा कसरी प्रतिरोधी क्षमता बढाउने भनेर नेपालका जैविक कुराहरुको प्रशंसा गर्दा धेरै बुद्धिजिवीले खिल्ली उडाएको उनको भनाई थियो । ‘हाम्रो प्रधानमन्त्रीको ज्ञान कहाँबाट आएछ भनेर प्रधानमन्त्रीको ज्ञान खोज्न हिड्नु भयो साथीहरु ।

त्यहि कुरा भन्दा अरु देशका प्रधानमन्त्रीको प्रशंसा, आफ्नो देशका प्रधानमन्त्रीको खिल्ली ? मलाई लाग्छ, साथीहरुले सानो देशको लघुताभाष लिनु पर्दैन । चाहे सानो देश होस् चाहे ठूलो, सत्य कुरा बोल्नु पर्छ ।’ उनको भनाई थियो ।