कोरोनाले थलियो भारत: एकैदिन १३ हजार संक्रमित, मृत्यु हुने १२ हजार बढी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कोरोनाले थलियो भारत: एकैदिन १३ हजार संक्रमित, मृत्यु हुने १२ हजार बढी



एजेन्सी- छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमण विस्तार तीव्र रूपमा बढिरहेको छ । २४ घन्टामा भारतमा १३ हजार १०३ जना संक्रमित थपिएका छन् ।

कोरोना भाइरस संक्रमणका कारण भारतमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । विगत २४ घण्टामा ३४१ जनाको मृत्यु भएसंगै भारतमा ज्यान गुमाउनेको संख्या १२ हजार २६२ पुगेको हो ।

भारतमा संक्रमितको संख्या ३ लाख ६७ हजार २६४ पुगेको छ। एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना प्रभावित मुलुक भारतमा संक्रमितमध्ये १ लाख ९४ हजार ४३८ जना भने निको भएर घर फर्किएका छन् ।