बुधबार थपिएका ५८६ संक्रमित कुन कुन जिल्लाका हुन् ? - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

बुधबार थपिएका ५८६ संक्रमित कुन कुन जिल्लाका हुन् ?



काठमाडौँ– नेपालमा सोमबार एकै दिन ५८६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लाका गरी ५८६ जना नयाँ संक्रमित थपिएको नियमित प्रेस ब्रिफिङका क्रममा सोमबार जानकारी दिए।

नेपालमा बुधबार थपिएका ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। तीमध्ये ५४६ जना पुरुष र ४० जना महिला छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका ४, सिराहाका १, मोरङका ९, झापाका २, धनुषाका २६, महोत्तरीका २००, बाराका ७, रौतहटका १३७, कपिलवस्तुका १०, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३४, अर्घाखाँचीका १२, कैलालीका १, पर्वतका ३, नवलपरासीका १७, गुल्मीका २६, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ७७ पुगेको छ। तीमध्ये ५ सय ३९ जना महिला र ६ हजार ६ सय ३८ जना पुरुष छन्।

यस्तै कोरोना भाइरसको संक्रमण बुधबार थप ९ जना संक्रमित डिस्चार्ज भएका छन्।

योसँगै कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेका १ हजार १ सय ६७ पुगेको छ। तीमध्ये १ सय १२ जना महिला र १ हजार ५५ जना पुरुष छन्।