सीमाबारे मोदीले मुख खोले: चीनलाई दिए चेतावनी - Himal Post Himal Post
  • २९ माघ २०८२, बुधबार
  •      Wed Feb 11 2026
Logo

सीमाबारे मोदीले मुख खोले: चीनलाई दिए चेतावनी



काठमाडौं- सीमामा भएको तनावपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुख खोलेका छन् । उनले चीनलाई भारत कम्जोर नभएको भन्दै चेतावनी दिएका छन् ।

प्रधानमन्त्री मोदीले चीनलाई चेतावनी दिँदै आफ्नो मुलुक शान्ति चाहने तर कसैले उक्साए उचित जवाफ दिन सक्षम रहेको बताएका छन्।

लद्दाखमा चिनियाँ सेनासँगको झडपमा २० सैनिक मोदीले पहिलो पटक मुख खोलेका हुन्। उनले सैनिकहरुको बलिदान खेर नजाने बताए।

‘म देशलाई आश्वस्त पार्न चाहान्छु जवानहरुको बलिदान खेर जाने छैन,’ उनले भने। ‘भारत शान्ति चाहान्छ तर कसैले उक्साए हामी त्यसको जवाफ दिन सक्षम छौँ,’ उनले थपे।

उनले मृत सैनिकप्रति श्रद्धाञ्जलि दिँदै आफ्ना सैनिक मार्दामार्दै मरेको बताए।