सुशान्त प्रकरणमा सलमान खानमाथि लाग्यो गम्भीर आरोप - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

सुशान्त प्रकरणमा सलमान खानमाथि लाग्यो गम्भीर आरोप



एजेन्सी- अनुराग कश्यपका भाइ तथा सलमान खानको सुपरहिट फिल्म ‘दबंग’ का निर्देशक अभिनव कश्यपले सुशान्त सिंह राजपूतको ज्यान जानुको विस्तृत अनुसन्धान माग गरेका छन् । साथै उनले बलिउडमा आफ्नो कडा अनुभवबारे पनि जानकारी दिएका छन् ।

उनले यशराज फिल्म्सको ट्यालेन्ट म्यानेजमेन्ट कम्पनीमाथि मानिसहरुको करियर बर्बाद गरेको आरोप लगाए । साथै, सलमान खानको परिवारमाथि पनि गम्भीर आरोप लगाए ।

सुशान्तबारे फेसबुकमा एउटा लामो पोस्टमार्फत उनले लेखेका छन्, ‘म सरकारसँग एक विस्तृत अनुसन्धान सुरु गर्न अपिल गर्दछु । तिम्रो आत्माले शान्ति पाओस् सुशान्त सिंह राजपूत… ओम शान्ति… तर तिम्रो लडाईं जारी रहनेछ…।’

‘सुशान्त सिंह राजपूतको ज्यान जानुले एउटा ठूलो समस्या उजागर गरेको छ, यसको सामना हामीमध्ये धेरैले गरिरहेका छौं । एक व्यक्ति प्राण त्याग गर्न कसरी बाध्य हुन्छ रु मलाई डर छ कि उनको मृत्यु मीटू आन्दोलनजस्तो एउटा ठूलो हिमखण्डको एउटा सानो हिस्सा हो जसले बलिउडलाई अत्यधिक तनावमा पारेको थियो ।’ उनले लेखेका छन ।

त्यस्तै ‘पछिल्लो १० वर्षमा आफना दुश्मन सलिम खान, सलमान खान, अरबाज खान र सोहेल खानरहेको बताए । यहाँ थुप्रै साना माछा पनि छन् तर सलमान खानको परिवार विषालु सर्पको टाउको हो । कसैलाई डर धम्की दिन उनीहरु अवैध धन, राजनीतिक शक्ति र अन्डरवर्ल्ड सम्बन्धको मिश्रणको प्रयोग निकै चतुर्याइँका साथ गर्छन् ।’

अन्तिममा उनले आफ्नो मेसेजलाई धेरैभन्दा धेरै मानिसहरुमाझ सेयर गर्न र यसलाई फरवर्ड गर्न अपिल पनि गरे ।