अफ्रिकी मुलुकहरुले महामारी रोकथाम गर्न चिनियाँ राष्ट्रपतिको साथ खोजे - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

अफ्रिकी मुलुकहरुले महामारी रोकथाम गर्न चिनियाँ राष्ट्रपतिको साथ खोजे



काठमाडौं- कोरोना महामारी रोकथामबारे चिनियाँ राष्ट्रपति सी जिनफिङ र अफ्रिकी मुलुकका प्रमुखहरुसँग उच्च स्तरीय सम्मेलन हुँदैछ। चिनियाँ विदेश मन्त्रालयले प्रेस नोट जारी गर्दै अफ्रिकी मुलुकहरुसँग महामारी रोकथामबारे राष्ट्रपति सीले उच्च स्तरीय सम्मेलनको अध्यक्षता गर्ने उल्लेख गरेको छ।

भर्चुअल सम्मेलनमा अफ्रिकी मुलुकहरुका नेताहरुसँगै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का डिरेक्टर जनरलको समेत सहभागिता रहने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ। महामारीको संक्रमण रोकथाममा चिनियाँ सहयोगबारे सम्मेलनमा सम्वाद हुने बताइएको छ।

गएको मार्चबाटै चीनले अफ्रिकाका ५० मुलुकहरुलाई महामारी रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक औषधि सहित चिकित्सक समेत पठाउँदै आएको छ। चीनले ती देशहरुको अलवा अफ्रिकन युनियनलाई पनि सहयोग गर्दै आएको जनाएको छ।

अफ्रिकाका ५७ मुलुकमा दुई लाख ६१ हजार बढी संक्रमित देखिएका छन्। त्यस मध्ये सात हजारको मृत्यु भएको छ भने एक लाख २१ ह्जार बढी निको भएका छन्। इजिप्ट, नाइजेरिया, घाना, अल्जेरिया लगायत मुलुकमा महामारीको संक्रमण बढी देखिएको छ।

चीन भने महामारी नियन्त्रणमा लिन सफल देखिएको छ। चीनले ८३ हजार भन्दा बढीमा संक्रमण फैलिन दिएको छैन।