अर्घाखाँची: क्वारेन्टाइनमै उनले किन गरे आत्महत्या ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अर्घाखाँची: क्वारेन्टाइनमै उनले किन गरे आत्महत्या ?



काठमाडौं- अर्घाखाँचीमा एक व्यक्तिले आत्महत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिकाको क्वारेन्टिनमा रहेका एक पुरुषले आत्महत्या गरेका हुन्।

शितगंगा वडा नं. ५ स्थित हरी माविको क्वारेन्टिनमा रहेका सोहि वडाका ४३ वर्षीय पुरुषले बुधवार विहान झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

विहान ३ बजेतिर आफुसँगै रहेका दुईजनालाई समेत उठाई शौचालय गएको र आएपछि सँगै रहेका साथीहरु सुतेपछि फर्किएर गई आत्महत्या गरेको प्रहरीले बताएको छ ।

उनी क्वारेन्टिन रहेको विद्यालय परिसरमा रहेमा खनियाको बोटमा आफ्नै ओछ्यानमा विच्छाएको तन्नाले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए।

गत जेठ १० गते भारतबाट आएर क्वारेन्टिन बस्दै आएका उनको आरडिटी परिक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको भएपनि पिसिआर रिपोर्ट भने आइनपुगेको नगरपालिकाका प्रमुखले जानकारी दिए।