ब्राजिलको बेहाल : एकैदिन ३५ हजार संक्रमित - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ब्राजिलको बेहाल : एकैदिन ३५ हजार संक्रमित



काठमाडौं- ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसको ३४ हजार ९ सय १८ नयाँ संक्रमित देखिएका छन् । यसका साथै ब्राजिलमा हालसम्म कोरोनाका कूल ९ लाख २३ हजार १ सय ८९ संक्रमित पुगेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण कूल १ हजार २ सय ८२ जनाको ज्यान गएको छ । यहाँ मृतकको संख्या ४२ हजार २ सय ४१ पुगेको छ ।

यो अहिलेसम्म एकै दिन नयाँ संक्रमित थपिएको अहिलेसम्मकै धेरै हो । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार भन्दा बढी भएको छ ।

त्यहाँ कोभिड–१९ बाट हालसम्म ४५ हजार २४१ जनाको ज्यान गएको छ । अमेरिकापछि संक्रमित र मृत्यु हुनेको संख्या बढी हुने देश ब्राजिल हो ।

सरकारी अधिकारीले संक्रमण नियन्त्रणमा रहेको दाबी गरे पनि लगातार बढ्दो क्रममा छ । ब्राजिलमा मंगलबार एकै दिन १२ सय ८२ जनाको कोभिड–१९ बाट ज्यान गएको छ ।

विश्वभर हालसम्म ८१ लाख ५५ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये चार लाख ४१ हजार ५०५ जनाको ज्यान गएको छ ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा २१ लाख ३७ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएकोमा एक लाख १६ हजार ९ सय भन्दा बढीको मृत्यु भएको छ ।