नेपाली सेनाभित्र पनि भेटियो कोरोना संक्रमण - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

नेपाली सेनाभित्र पनि भेटियो कोरोना संक्रमण



दाङ – दाङमा नेपाली सेनाका एक जवानमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा भएको परीक्षणमा घोराही भरतपुरस्थित रिपुमर्दन गणमा कार्यरत ३२ वर्षीय जवानमा संक्रमण देखिएको हो ।

उनलाई कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको छ । कोरोनाका कारण मृत्यु भएका घोराहीका एक व्यक्तिको शव व्यवस्थापनका क्रममा उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।

रोजगारीका क्रममा भारतको दिल्लीमा मृत्यु भएका घोराही उपमहानगरपालिका १८ नवलपुर निवासी ५९ वर्षीय पुरुषको हाल संक्रमण पुष्टि भएका जवानसहितको नेपाली सेनाको टोलीले जेठ २६ गते शव व्यवस्थापन गरेको थियो । सोही क्रममा उनमा कोरोना भाइरस सरेको आशंका गरिएको छ ।