लद्दाखको भिडन्तबारे भारतले मुख खोल्यो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लद्दाखको भिडन्तबारे भारतले मुख खोल्यो



एजेन्सी- बिबादित क्षेत्र लद्दाखमा चिनियाँ सेनासँग भएको भिडन्तको बिषयमा भारतीय विदेशमन्त्रालयले मुख खोलेको छ।

चिनियाँ पक्षले एकपक्षीय रुपमा यथास्थिति परिवर्तन गर्न खोज्दा भिडन्त भएको मन्त्रालयका प्रवक्ताले आरोप लगाएका छन्।

चिनियाँ पक्षले सम्झौता उल्लंघन गरेको र त्यसबाट दुवै पक्षमा क्षति पुगेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले एक वक्तव्य जारी गर्दै बताएका छन्।

आफ्नो सबै क्रियाकलाप लाइन अफ एक्चुअल कन्ट्रोलभित्र भएको दाबी गर्दै भारतले चीनले पनि त्यसै गर्ने अपेक्षा व्यक्त गरेको छ।

‘हामी सीमा क्षेत्रमा शान्ति कायम राख्न र असमझदारी संवादबाट हल गर्नुपर्ने आवश्यकताप्रति विश्वस्त छौँ,’ मन्त्रालयले भनेको छ, ‘तर, त्यही समयमा हामी भारतको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न प्रतिबद्ध छौँ।’

सोमबार लद्दाखमा दुई मुलुकका सेनाबीच झडप हुँदा कम्तीमा ३ भारतीय सैनिक मारिएका थिए।

मंगलबार चिनियाँ सेना तथा विदेश मन्त्रालयले भारतीय पक्षले समझदारी पालना नगरी आफूहरुलाई उत्तेजित पारेको वक्तव्य दिइसकेका छन्।