भिडन्तपछि लद्दाखबाट ३४ जना भारतीय सैनिक गायव - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

भिडन्तपछि लद्दाखबाट ३४ जना भारतीय सैनिक गायव



काठमाडौं- गयराती लद्दाखमा भारतीय र चिनियाँ सेनाबिच भएको भिडन्तमा ३ भारतीय सेनाको ज्यान गएको खबरपछि अर्को खुलासा भएको छ।

चिनियाँ सेनासँग पूर्वी लद्दाख क्षेत्रमा गए राति भएको झडपपछि ३४ भारतीय सैनिक बेपत्ता भएका छन्। भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै बेलायती सञ्चार माध्यम टेलिग्राफले समाचार प्रकाशित गरेको छ ।

भारतीय अधिकारीहरुले बेपत्ता रहेका सैनिकहरु मृत्यु वा चिनियाँ सेनाको नियन्त्रण परेको हुनक्ने जनाएका छन्। तर, भारतले यस विषयमा औपचारिक रुपमा कुनै जानकारी गराएको छैन।

यसअघि भारतीय सेनाले गलवान उपत्यका गए राति चिनियाँ र भारतीय सेनाबीच झडप भएको र त्यस क्रममा भारतका एक कर्णेल र दुई जवानको मृत्यु भएको पुष्टि गरिसकेको छ।

चिनियाँ र भारतीय सेनाबीच धकेलाधकेल हुँदा आफ्ना सैनिक भीरबाट खसेको भारतीय अधिकारीको दावी छ। लद्दाखका विभिन्न क्षेत्रमा भारत र चीनबीच पछिल्लो एक महिनादेखि सीमा विवाद चल्दै आएको छ।