भारत छिर्न लागेकी सरिता गिरीलाई प्रहरीले रोक्यो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भारत छिर्न लागेकी सरिता गिरीलाई प्रहरीले रोक्यो



काठमाडौं- पछिल्लो समय विवादित बनेकी सांसद सरिता गिरीलाई भारत जाँदै गरेको भेट्टाएपछि प्रहरीले फर्काएको छ ।

सिरहाको ठाडी नाकाबाट भारत जान लागेकी जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई प्रहरीले फर्काइदिएको हो।

सिरहाको ठाडी नाकाबाट मंगलबार भारततर्फ जान लागेकी सांसद गिरीलाई त्यहाँबाट जान नदिएको सिरहाका प्रहरी प्रमुखले बताएका छन्।

प्रहरीले उनलाई भारत सरकारले अनुमति नदिएका नाकाबाट जान मिल्दैन भनेर त्यहाँबाट जान नदिएको बताएको छ ।

भारत सरकारले भारतको बिहार प्रवेशका लागि जोगवनी वा रक्सौल नाका खुला गरेको छ। तर उनी अनुमति नभएको नाकाबाट भारत जानखोजेपछि प्रहरीले रोकेको हो।