मन्त्रिपरिषद् बैठक बस्दै : के छन् एजेण्डा ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको छ ।
एक मन्त्रीले दिएको जानकारी अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ।
बैठकमा के बिषयमा छलफल हुने भन्ने खुलैएको छैन । एमसीसी र कोरोना नियन्त्रणका बिषयमा छलफल हुनसक्ने बताइएको छ ।
यस अघि बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो।
प्रधानमन्त्री ओलीले आइतबार बोलाएको सचिवालय बैठक भने आफूलाई सन्चो नभएको भन्दै टारेका थिए ।