उपत्यकाभित्र सबैभन्दा बढी संक्रमित काठमाडौंमा : कति पुगे ? - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

उपत्यकाभित्र सबैभन्दा बढी संक्रमित काठमाडौंमा : कति पुगे ?



काठमाडौं- देशभर कोरोना संक्रमित थपिने क्रम जारी छ । प्रत्यक दिन थपिने संक्रमितको संख्या उच्च बन्दै गैरहेको छ ।

संक्रमणको हिसाबले केहि कम जोखिम देखिएको काठमाडौं उपत्यकामा अहिलेसम्म संक्रमितको संख्या ४३ जना पुगेको छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा गरी कारोना भाइरस संक्रमितको संख्या ४३ पुगेको हो

सोमबार काठमाडौंमा ४ र ललितपुरमा १ गरी ५ जना थपिएसँगै उपत्यकामा संक्रमित संख्या ४३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा संक्रमित छन् ।

काठमाडौं उपत्यकाका संक्रमितको पाटन अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, टेकु अस्पताल र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

संक्रमितहरू चन्द्रागिरि, कालिमाटी, नक्साल, कलंकी, एयरपोर्ट गेट, मैतीदेवी, बानेश्वर, त्रिपुरेश्वर, टेकु, बागबजार, तारकेश्वर र गोकर्णेश्वरलगायतका ठाउँमा रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये २४ जना निको भएर घर फर्कि सकेका छन् ।