भारतमा २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

भारतमा २४ घण्टामा हालसम्मकै धेरैको मृत्यु



नयाँदिल्ली । भारतमा पछिल्लो चौबीस घण्टामा झन्डै ११ हजार कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ ।