दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, स्वास प्रस्वासमा समस्या - Himal Post Himal Post
  • ११ मंसिर २०८१, मंगलवार
  •      Tue Nov 26 2024
Logo

दिल्लीका स्वास्थ्य मन्त्री अस्पताल भर्ना, स्वास प्रस्वासमा समस्या



एजेन्सी – भारतमा पछिल्लो २४ घण्टामा झन्डै ११ हजार कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले मंगलबार १० हजार ६ सय ६७ कोरोना संक्रमित थपिएको जनाएको छ ।

मन्त्रालयका अनुसार गत चौबीस घण्टाको अवधिमा देशभर तीन सय ८० संक्रमितको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार नौ सय पुगेको छ ।

भारतमा तीन लाख ४३ हजार ९१ जनामा कोरोना संक्रमण देखिइसकेको बीबीसीले जनाएको छ ।

त्यस्तै दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन अस्पताल भर्ना भएका छन् । स्वास प्रस्वासमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । मंगलवार उनको कोरोना टेस्ट हुँदैछ ।