सतर्क रहौं, आज ठूलो वर्षा र बाढीपहिरोको खतरा छ : मौसमविद - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

सतर्क रहौं, आज ठूलो वर्षा र बाढीपहिरोको खतरा छ : मौसमविद



काठमाडौं- आज (मंगलबार) देशका धेरै ठाउँमा ठूलो (भारी) वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार प्रदेश ५ को गुल्मीदेखि पूर्व अधिकांश स्थानमा सोमबार रातिदेखि नै वर्षा भइरहेको छ भने आज भारी वर्षाको समेत सम्भावना छ।

‘आज गुल्मीदेखि पूर्वका सबैजसो क्षेत्रमा वर्षा तथा ५ नम्बरयता सबै प्रदेशका एक–दुई स्थान एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद् कँडेलले मंगलबार बिहान नेपालखबरसँग भनिन्, ‘त्यसैले यी क्षेत्रमा आज बाढी आउने, पहिरो जाने, यातायात अवरुद्ध हुने खतरा छ, सतर्कता अपनाउन आवश्यक छ।’

बाढी पूर्वानुमान शाखाले पनि बिहानै ट्विटमार्फत सूचना जारी गरी बाढीकाे खतरा रहेकाे जानकारी दिएकाे छ।

मौसमविद् शान्ति कँडेलका अनुसार पूर्वबाट फैलिँदै मनसुनले प्रदेश ५ छोइसकेको छ। तसर्थ यस प्रदेशको गुल्मीदेखि भारी वर्षाको सम्भावना बढेको हो।

कर्णाली र सुदूरपश्चिममा भने अहिलेसम्म मनसुन पुगेको छैन। त्यहाँ पश्चिमी वायुकै प्रभाव छ। त्यस प्रदेशका पनि थोरै स्थानमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिइन्।

मौसम पूर्वानुमान महाशाखाको ट्विट