अभिनेता सुशान्त राजपुतलाई अरूले नै मारेको आशंका - Himal Post Himal Post
  • ५ कार्तिक २०८१, सोमबार
  •      Mon Oct 21 2024
Logo

अभिनेता सुशान्त राजपुतलाई अरूले नै मारेको आशंका



एजेन्सी । आइतबार मृत भेटिएका भारतीय कलाकार सुशान्त सिंह राजपुतले आफै प्राण त्याग गरेको नभई उनको अरूद्वारा मारिएको आशंका परिवारले गरेका छन् । उनका परिवारले राजपुतले आफै मरेको नभएर उनलाई अरूले नै मारेको भन्दै अनुसन्धान गर्न प्रहरीसमक्ष आग्रह गरेका छन् ।

राम्रो अभिनयका साथ कैयौँ चलचित्रमा खेलेका राजपुत आइतबार मुम्बई बान्द्रास्थित आफ्नै अपार्टमेन्टमा झुण्डिएको अवस्थामा भेटिएका थिए । प्रहरीले पनि उनि आफै मरेको भएको बताएको थियो । तर राजपुतका मामा आरसी सिंहले सोमबार भनेका छन् ‘उनि आफैले देह त्याग गरेको भन्ने बारेमा हाम्रो विश्वास छैन, हामी परिवारका सदस्यहरुले यसको विरोध गरेका छौँ, उनलाई अरू कसैले मारेको छ प्रहरीले राम्रोसँग अनुसन्धान गरोस् ।’

बिहारका प्रहरी कमिसनर मनोज सिंहले भने घटनाको प्रकृति हेर्दा अहिलेसम्म आफैले पासो लगाएको जस्तो नै देखिएको बताएका छन् । भारतीय चलचित्र क्षेत्रका नायक राजपुतका मामा तथा आफन्तहरुले राजपुतले आफै पासो लगाएर मर्ने कुनै कारण नरहेको भनेका छन् भने प्रहरीले आफै देह त्याग गरेको बारेमा कुनै नोट पनि नभेटिएको बताएको छ ।