आज मात्रै थपिए ४५१ संक्रमित : ६२११ पुगे संक्रमित
काठमाडौं – आज शोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ४५१ जना संक्रमित थपिएका छन् ।
दैनिक गर्ने मिडिया ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमित थपिएको बताइएको हो ।
कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या १०४१ पुगेको छ । नेपालमा १९ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।
पछिल्ला केहिदिन नेपामा हरेक दिन ठुलो संख्यामा संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ भने कोरोनाको कहर पनि दिनप्रतिदिन बढ्दै छ ।
हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।
हालसम्म विश्वभर संक्रमितको संख्या करिव ८० लाख पुगेको छ भने करिव ४ लाख ३६ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर करिब ४१ लाख संक्रमित निको भएर घर फर्किसकेका छन् ।