सरिता गिरीमाथि साधारण सदस्य नरहने गरी कारबाही ! - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सरिता गिरीमाथि साधारण सदस्य नरहने गरी कारबाही !



काठमाडौं- नेपालमा नयाँ नक्शासंगै चर्चामा रहेकी पात्र हुन् जनता समाजवादी पार्टीकी सांसद सरिता गिरी । जनता समाजवादीले सांसद सरिता गिरीलाई कारवाही प्रक्रिया अगाडि बढाउन भएको छ ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकमा समर्थन गर्दै मतदान गर्ने निर्णय उलंघन तथा आफूखुसी संसदमा दर्ता गरेको संविधान संशोधनको विधेयक फिर्ता लिन आग्रह गरे पनि अटेर गरेपछि कारवाही गर्न लागिएको हो।

उनको कारण पार्टी नै विवादित बनेको र राष्ट्रिय अखण्डताको बिषयमा समेत देशविरुद्ध लागेको भन्दै उनलाई कारबाही गर्न लागिएको स्रोतले बताएको छ । पार्टीकै एक नेताका अनुसार उनलाई कारबाहीको प्रक्रिया अगाडी बढ्दै छ । यधपी, कस्तो कारबाही गर्ने भन्नेबारे छलफल नभएको उनले बताएका छन् ।

‘सरिता गिरीकै कारण पार्टी र नेताहरूकै छबी बिग्रिएको छ । उहाँले राष्ट्रिय अखण्डता र एकताको मुद्दामा पनि भारतको सपोर्टमा बोलेर आफ्नो असली रुप देखाउनु भएको छ त्यसैले पार्टीले पार्टीको साधारण सदस्य नरहने गरी कारबाही पनि हुनसक्छ ।’ ति नेताले भने ।

समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव काठमाडौं बाहिर छन्। उनीहरू काठमाडौं आएपछि कारबाहीबारे छलफल हुने बताइएको छ ।

शनिबार प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक पारित भइसकेको छ । उक्त दिन सभामुख अग्निप्रसाद सापकोटाले सांसद गिरीको प्रस्ताव अस्वीकृत भएको बताएका थिए। लगत्तै उनी संसदबाट बाहिरिएकी थिइन्। संसदबाट बाहिरिँदै उनले आफ्नो कुरा राख्न नदिइएको भन्दै पत्रकारहरू सँग दुखेसो पोखेकी थिइन्।