नेपालको नक्शाबारे पाकिस्तानमा चर्चा : मन्त्रीले भने- ‘नेपालका सांसद साहसी’ - Himal Post Himal Post
  • २२ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 6 2025
Logo

नेपालको नक्शाबारे पाकिस्तानमा चर्चा : मन्त्रीले भने- ‘नेपालका सांसद साहसी’



काठमाडौं- नेपालको नक्सा संसदबाट सर्वसम्मतले पारित गरेपछि सर्वत्र यसको चर्चा छ । यस्तैमा पाकिस्तानमा पनि यसको ठुलै चर्चा भएको छ । खासगरी भारतसंगको सम्बन्धबारे उनीहरू बढी जानकार भएकैले पनि पाकिस्तानमा यो कदमको स्वागत गरिएको छ ।

प्रतिनिधिसभाले कालापानी, लिपुलेक तथा लिम्पियाधुरा समेटिएको नक्सालाई राष्ट्रिय निशान छापको समावेश गर्ने गरी तयार पारिएको संविधानको संशोधन प्रस्ताव पारित गरेसँगै नेपालमा दिपावलीसहित खुशीयाली मनाइएको छ ।

भारतले ऐतिहासिक तथ्य वा प्रमाण नभएको प्रतिक्रया दिइरहँदा पाकिस्तानी एक मन्त्री नेपालीहरुको साहसको प्रसंशा गरेका छन् ।

लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नयाँ नक्सा पारित भएकोमा उनले नेपाललाई बधाई दिएका छन् ।

पाकिस्तानका विज्ञान तथा प्रविधि मन्त्री फवाद हुसेन चौधरीले अल जजीराको एक समाचार ट्वीट गर्दै नेपाललाई बधाई दिएका हुन् ।

उनले लेखेका छन् ‘नेपालका साहसी जनताका प्रतिनिधिहरुलाई बधाइ । तपाइँहरुले नक्सा संशोधन गर्नुभएको छैन, तपाइँहरुले कथित ठूला देशहरुले गरेको आक्रमण र बदमासीविरुद्ध सम्मानजनक राष्ट्रले कसरी प्रतिक्रिया जनाउँछन् भन्ने देखाउनुभएको छ ।’