ईश्वर पोखरेलको नेतृत्व असफल : प्रधानमन्त्रीले गरे बोल्ड निर्णय - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

ईश्वर पोखरेलको नेतृत्व असफल : प्रधानमन्त्रीले गरे बोल्ड निर्णय



काठमाडौं- कोरोना नियन्त्रण गर्न सरकारले गठन गरेको उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्व पूर्ण असफल भएको ठहर गर्दै प्रधानमन्त्री ओलीले बोल्ड निर्णय गरेका छन् ।

ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय समन्वय समिति पटक पटक विवादमा आएको र कोरोना नियन्त्रण गर्न असफल भएको प्रधानमन्त्रीले निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री अस्पताल जानुपर्ने भएपछि हतारमा गठन गरिएको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समिति काम गर्न नसकेको भन्दै खारेज गर्ने निर्णय गरिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि संक्रमित भेटिए लगत्तै गठन गरिएको उच्चस्तरीय समन्वय समिति खारेज गरिएको स्रोतले बताएको छ । विश्वव्यापी कोरोना महामारी फ़ैलिएपछि नेपालमा पनि संक्रमित भेटिएक थिए त्यस लगत्तै गठन गरिएको यो समिति मन्त्रिपरिषद्को बैठकले खारेज गरिएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि एकाएक सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गृह, अर्थ, परराष्ट्र, स्वास्थ्य, संस्कृति पर्यटन, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी, शिक्षा तथा विज्ञान प्रविधिमन्त्री सम्मिलित उच्चस्तरीय समन्वय समिति बनाएको थियो ।

त्यही समितिले पहिलोपल्ट अन्तर्राष्ट्रिय सीमानाका, हवाइ उडान रोक्ने र चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उच्चस्तरीय समन्वय समिति विघटन गर्ने निर्णय गरेको हो ।

सबै काम कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)बाट गर्ने गरी उच्चस्तरीय समन्वय समितिलाई खारेज गरिएको स्रोतको दाबी छ ।

उच्चस्तरीय समन्वय समितिले खास काम गर्न नसकेको, कोरोना संक्रमणमा रोकथाम गर्न नसकेको आरोप लागिरहेका बेला यसलाई खारेज गरिएको छ ।

प्रधानमन्त्रीले पनि समितिको कार्यसम्पादन चित्त नबुझाएको स्रोतले दाबी गर्छ । यो सबै जिम्मा सिसिएमसीलाइ दिने गरी यस्तो निर्णय गरिएको बताइएको छ । पछिल्लो समय लकडाउनको मोडालिट हेरफेरदेखि विदेशबाट आएका नागरिकको व्यवस्थापनमा सेना खटिएका थिए । लकडाउनको पछिल्लो मोडालिटी निर्माणमा पनि सेनाकै भूमिका छ ।