दुर्घटनाको संकेत गर्ने सुशान्तको सोशल मिडिया र कामदारको बयान - Himal Post Himal Post
  • ८ कार्तिक २०८१, बिहीबार
  •      Thu Oct 24 2024
Logo

दुर्घटनाको संकेत गर्ने सुशान्तको सोशल मिडिया र कामदारको बयान



एजेन्सी- बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आइतबार मुम्बईस्थित आफ्नो फ्ल्याटमा झुण्डिएर आत्मह’त्या गरेका छन् । ३४ वर्षीय अभिनेताले किन आत्मह’त्या गरे भन्ने अहिलेसम्म कुनै जानकारी आएको छैन ।

गत ८ जुनमा उनको म्यानेजर दिशा सलियानले पनि एउटा भवनबाट हामफालेर आत्मह’त्या गरेकी थिइन् ।

घरका कामदारले प्रहरीलाई बताएअनुसार उनी हिजोदेखि निकै तनावमा थिए । ती कामदारका अनुसार बिहान ढिलोसम्म ढोका नखोलेपछि अर्को चाबीले मेन गेट खोलेर भित्र प्रवेश गरेका थिए । भित्र उनको शव पंखामा झुण्डिरहेको अवस्थामा उनले फेला पारेका थिए ।

सुशान्तले आफ्नो अन्तिम सोशल मिडिया पोष्टमा आफ्ना आमालाई सम्झिदै जीवनलाई क्षणभंगुर (क्षणिक, केही बेरमा नाश हुने) बताएका थिए । उनले लेखेका थिए, धमिलो अतित आँशुका रुपमा वाफ बनेर उडिरहेको छ ।

सुशान्तको आमाको मृत्यु सन् २००२ मा भएको थियो र सन् २०१६ को जनवरीमा दिएको एक अन्तरवार्तामा उनले आफ्नो आमाको मृत्युलाई जीवनको सबैभन्दा दुःखद क्षण भएको बताएका थिए ।

‘यो भयानक अनुभव थियो । यसले अहिले पनि मलाई डराउँछ । परिवारको कुनै पनि सदस्यको मृत्युलाई पहिलो पटक सामना गरेको थिएँ । जब यस्तो घटना हुन्छ तपाईंलाई हरेक चिज क्षणिक भएको पत्ता लाग्छ । यस घटनाले मेरो भित्र केही बदलाव गर्यो । म आज त्यो व्यक्ति रहिनँ, जुन म उनी जानभन्दा अघि थिएँ ।’

सुशान्तले आफ्नो बलिउड करियरमा १२ वटा चलचित्रमा काम गरेका थिए । जसमा काय पो चे, शुद्ध देशी रोमान्स, पीके, डिटेक्टिव ब्योमकेश बख्शी, एमएस धोनीः अनटोल्ड स्टोरी, राब्ता, केदारनाथ, लगायत चलचित्र रहेका छन् ।