बेइजिङमा ठूलो संख्यामा संक्रमित फेला परे - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बेइजिङमा ठूलो संख्यामा संक्रमित फेला परे



एजेन्सी- आइतबार चीनले दुई महिनापछि राजधानी बेइजिङमा पहिलोपटक ठूलो संख्यामा स्थानीय स्तरमा संक्रमित फेला परेको जनाएको छ।

एसियाकै ठूलो दाबी गरिएको सिङ्फाडी होलसेल बजारमा यी संक्रमित भेटिएका हुन्। २४ घण्टाको अवधिमा ५७ जना संक्रमित फेला परेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।

यसअघि मध्य अप्रिलमा बेइजिङमा ३६ जना संक्रमित फेला परेका थिए। नयाँ संक्रमणले भाइरस स्थानीय स्तरामा पुनः देखा पर्नसक्छ भन्ने देखाएको छ।

स्थानीय स्तरमा संक्रमित फेला परेपछि राजधानी बेइजिङको दक्षिणपूर्वि क्षेत्रमा रहेको सो सिङ्फाडी बजार शनिबार ३ बजेदेखि बन्द गरिएको छ भने सो क्षेत्रसँगै त्यस वरीपरीका ११ वटा आवासीय क्षेत्रलाई समेत लकडाउन गरिएको छ। सो क्षेत्रमा प्रहरीलाई तैनाथ गरिएको छ।

हाल सारा विश्वको प्रमुख समस्या रहेको कोरोना भाइरस गत वर्ष चिनियाँ शहर वुहानबाट सुरू भएको हो। मार्चमा चीनले कोरोनामाथि विजय प्राप्त गरेको घोषणा गरेको थियो।