चीनको राजधानीमै दोश्रो चरणको कोरोना महामारी फैलिएको चर्चा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

चीनको राजधानीमै दोश्रो चरणको कोरोना महामारी फैलिएको चर्चा



एजेन्सी- चीनको राजधानी बेइजिङको एक ठूलो शहरमा कोरोना भाइरसको संक्रमण फैलिएपछि दोस्रो चरणको संक्रमण फैलिएको हुनसक्ने आशंका गरिएको छ।

बेइजिङको सिफादी थो बजारमा दश हजारभन्दा धेरै मानिसको कोरोना परीक्षण गरिएको छ। यो बजारले बेइजिङ शहरमा ८० प्रतिशत तरकारी र मासु उपलब्ध गराउने गर्दछ। यहाँ कोरोनाको नयाँ क्लस्टर पत्ता लागेको छ। बजारमा काम गर्ने दर्जनौं मानिसमा कोरोना संक्रमण पाइएको थियो। सामाजिक सञ्जालका अनुसार यो बजार वरपर सयौं प्रहरी परिचालन गरिएको छ।

यसबाहेक कयौं इलाका बाहिरी मानिसका लागि शिल गरिएको छ। बजार बाहेक सार्वजनिक यातायात पनि बन्द गरिएको छ भने विद्यालयहरू पनि बन्द गरिएको छ।