प्रहरी र कोरोना संक्रमितबीच झडप, केहि घाइते
दैलेख- दैलेख बजारको त्रिभुवन उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइमा कोरोना संक्रमित र प्रहरीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
पीसीआरको रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै रहेका ४३ कोरोना संक्रमित आन्दोलित बनेको बताइएको छ ।
क्वारेन्टाइनमा बसेका संक्रमित घर जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । स्थिति नियन्त्रणमा लिन खोज्दा झडप भएको दैलेख प्रहरीले जनाएको छ । प्रहरीको कुटाइबाट चार जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारीका अनुसार उनीहरुले विभिन्न बहानामा आइसोलेसन र क्वारेन्टिनमा रहेकाहरु दैनिकजसो आन्दोलन गर्ने गरेको छन् । पीसीआर परीक्षण रिपोर्ट ढिलो आएको भन्दै आन्दोलन सुरु गरेको उनले बताए ।
घर जान पाउनु पर्छ भन्दै विद्यालयको गेट फोडेर नाराबाजी गर्न थालेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको बताइएको छ ।
खानपिन, बस्ने ठाउँ, शौचालय र पानीको असुविधा भएको भन्दै अन्य स्थानका क्वारेन्टाइनहरूमा पनि पछिल्ला केहि दिनयता आन्दोलन भैरहेका छन् । यता क्वारेन्टाइनको अवस्था खत्तम भएको र पीसीआर परिक्षण नभएको भन्दै युवाहरूले देशभर प्रदर्शन गरिरहेका छन् ।