सबै दलको एकताकै कारण नेपालको स्वाभिमान जोगियो : गोकर्ण विष्ट - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

सबै दलको एकताकै कारण नेपालको स्वाभिमान जोगियो : गोकर्ण विष्ट



काठमाडौं- पूर्वमन्त्री तथा सांसद गोकर्ण विष्टले सबै राजनीतिक दल एकठाउँमा उभिएकै कारण संसारका शक्तिशाली मुलुकका सामु कमजोर ठानिएको मुलुकले समेत स्वाभिमान जोगाउन सफल भएको बताएका छन् ।

संसदमा जारी संविधान संसोधन प्रस्तावमाथिको छलफलका क्रममा विष्टले अब कुटनीतिक माध्यमबाट नेपाली भूभाग फिर्ता ल्याउन सरकारसँग माग समेत गरेका छन् ।

नेता विष्टले सबै राजनीतिक दलको सहकार्य र एकताकै कारण आज नेपालले ऐतिहासिक रूपमा स्वाभिमान जोगाउन सकेको भन्दै नेपालले आफ्नो भूमि ल्याएरै छाड्ने बताए ।

उनले भने,‘आज जुन प्रकारले एकता प्रदर्शन गरेका छौं । संविधान संसोधनका लागि मात्रै होइन, राष्ट्रियताका लागि स्वार्थभन्दा माथि उठेर एक हुनसक्यौं भने भूभाग फिर्ता ल्याउने मात्रै होइन । राष्ट्रियताको स्वार्थमा हामी काम गर्न सफल हुनेछौं । शक्तिशाली देशका सामुमा पनि एकता कायम हुनसक्यो भने राष्ट्रिय स्वार्थ जोगाउन सफल भएका उदाहरण छन् । वार्ताको भरपर्दो माध्यमबाट नेपालको भूमि फिर्ता गर्नेछौं । सरकारसँग पनि मेरो अपेक्षा त्यही छ ।’