विष्णु पौडेल : विवादित महाकाली सन्धिको बचाउ गर्ने एक्लो बृहस्पति - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

विष्णु पौडेल : विवादित महाकाली सन्धिको बचाउ गर्ने एक्लो बृहस्पति



काठमाडौँ – महाकाली सन्धिको सदनमै बिरोध भैरहँदा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद विष्णु पौडेलले भने बचाउ गर्दै पक्षमा उभिएका छन् ।

नयाँ नक्सालाई निशान छापमा राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयकमाथिको छलफलमा महाकाली सन्धिमा प्रयोग भएका शब्दहरुको गलत अर्थ लगाइएको उनले बताएक छन् । संसदमा बोल्दैगर्दा कसैलेपनि यो सन्धिको पक्षमा वकालत गरेका छैनन् ।

जनता समाजवादी पार्टीका नेताहरू राजेन्द्र महतो र उपेन्द्र यादवले यो मुद्दालाई दमदार रूपमा उठेका छन् महतोले महाकाली सन्धिमा हस्ताक्षर गर्ने राष्ट्रघातीहरूलाई सार्वजनिक गर्नुपर्ने बताए भने उपेन्द्र यादवले उनीहरूले जनतामाझ माफी माग्नुपर्ने भन्दै यो ठुलो राष्ट्रघात भएको बताए ।

विष्णु पौडेल भने महाकाली सन्धिको पक्षमा उभिने एक्लो व्यक्ति थिए । पौडेलले महाकाली सन्धिको पक्षमा उभिंदै त्यसको खरो बचाउ गरे ।

उनले संसदमा बोल्दै महाकाली नदीको अधिकांश भाग सीमाना भनेर सुगौली सन्धिभन्दा झन राष्ट्रघाती महाकाली सन्धि भएको समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दिएको अभिव्यक्तिको खण्डन गर्दै पौडेलले त्यहाँ प्रयोग भएको शब्दको गलत प्रयोग भएको बताए ।

उनले भने, ‘महाकाली सन्धिका बेलामा जुन खालको पदावलिको प्रयोग भएको छ । महाकाली नदीको अधिकांश भाग सीमा भनेर जसरी शब्द प्रयोग भएको छ । महाकाली नदीपूर्व भारतको भूभाग हो भन्ने होइन् महाकाली पश्चिम पनि नेपालको भूभाग छ भन्ने अंकित गर्दछ भन्ने हो । यसमा कुनै पनि प्रकारको दुविधा राख्नुहुँदैन । त्यहाँ उल्लेख भएको कुरा अन्यथा अर्थ लगाउनु बान्छनिय हुँदैन् ।’’

महासचिव पौडेलले नयाँ नक्सा जारी गरी संविधान संशोधन गर्ने नेपालको निर्णय कुनै पनि देशका विरुद्ध नभएको बताए ।

भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, सार्वभौमसत्ताको पक्षमा उभिँदा छिमेकीहरुको दिल दुःख्छ भन्ने लघुतावासमा नअल्झिन उनले आग्रह गरे ।