अब कांग्रेस र कम्युनिष्टले जनतासामु माफी माग्नु पर्छ : उपेन्द्र यादव - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

अब कांग्रेस र कम्युनिष्टले जनतासामु माफी माग्नु पर्छ : उपेन्द्र यादव



काठमाडौं- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले महाकाली सन्धीमा सुगौली सन्धी भन्दा ठूलो राष्ट्रघात भएको भन्दै उक्त सन्धी गर्ने कांग्रेस वा कम्युनिष्ट जो भए पनि नेपाली जनतासामु माफी माग्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभामा नेपालको संविधान दोस्रो संसोधनमाथि बोल्दै अध्यक्ष यादवले पटकपटक भारत र छिमेकी मुलकसँग भएका सन्धी र सम्झौताले गरेको राष्ट्रको क्षतीको जिम्मेवारी लिन र त्यसको हिसाब सार्वजनिक गर्न माग गरे ।

यादवले महाकाली सन्धीका कारण देशलको पश्चिमी क्षेत्रको भूभागमा अन्तर्राष्ट्रिय हस्तक्षेप भएको बताए ।

उनले शुक्रवार आफ्नो पार्टीको केन्द्रीय कार्यालयमा आएर सत्तारुढ पार्टीका कार्यकर्ताले गरेको व्यवहार उचीत नभएको भन्दै आफ्नो राष्ट्रियतामाथि पटकपटक प्रश्न नउठाउन अनुरोध गरे ।

यादवलले भारतसँग यसअघि नै वार्ता गर्ने भनेर पटकपटक भएका सहमतिहरू कार्यन्वयन नहुनुको कारण समेत उनले माग गरेका थिए ।

यादवले पहिले संविधान संसोधन विधेयक टेबल गरेर पछि प्रमाण खोज्न विज्ञ टोली गर्ने बाटो उल्टो भएको भन्दै प्रधानमन्त्रीलाई कहाँ पुगिन्छ भनेर प्रश्न गरे ।

साथै उनले उक्त विज्ञ टोली समावेशी नभएको भन्दै असन्तुष्टी व्यक्त गरे । र उनले भने आफ्नो पार्टी राष्ट्रियताको सवालमा एक ठाउँमा भएको भन्दै संविधान संसोधनको पक्षमा रहेको जानकारी गराए ।