विरोधीलाई पनि मिठो लाग्ने प्रदर्शन : फोटोहरूमा हेर्नुहोस, यसरी पनि हुनसक्छ आन्दोलन - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

विरोधीलाई पनि मिठो लाग्ने प्रदर्शन : फोटोहरूमा हेर्नुहोस, यसरी पनि हुनसक्छ आन्दोलन



काठमाडौं- युवाहरूले गर्ने आन्दोलन र प्रदर्शनको स्वरूप फेरिएको छ । कोरोना महामारीको समयमा प्रदर्शनमा उत्रिएका युवाहरूले निकै रचनात्मक तरिकाले शान्तिपूर्ण रूपमा सरकारका बेथितिविरुद्ध प्रदर्शन गरेका छन ।

सरकारका गतिविधिविरुद्ध निरन्तर आन्दोलनरत युवाहरुले शनिबार पनि प्रदर्शन जारी राखेका छन्। शनिबार बिहान माइतीघरमा प्रदर्शनमा उत्रेका युवाहरुले यसअघिका दिनभन्दा फरक ढंगले विरोध प्रदर्शन गरेका छन्।

हातमा गुलाफको फूल बोकेका प्रदर्शनकारीहरुले सरकारलाई आफ्नो दायित्व नबिर्सन सचेत गराएका छन्। माइतीघर क्षेत्रको सडक किनारमा भेला भएकाहरुले लिम्पियाधुरासहितको नयाँ नक्साका लागि सरकारलाई धन्यवादसमेत दिएका छन्।

आज पनि उनीहरुले कोरोना रोकथाम तथा नियन्त्रणको क्षेत्रमा भएको भनिएको १० अर्बको हिसाब मागेका छन्। यद्यपि, माइतीघरमा हिसाब मागेर प्रदर्शन भइरहँदा बालुवाटारमा सरकारले हिसाब सार्वजनिक गरेको छ।

प्रदर्शनकारीले क्वारेन्टिनलाई जोखिममुक्त बनाउन र शतप्रतिशत पीसीआर परीक्षण गर्न पनि माग राखेका छन्।