पहिलोपल्ट फ्लोयडको पक्षमा बोले डोनाल्ड ट्रम्प - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

पहिलोपल्ट फ्लोयडको पक्षमा बोले डोनाल्ड ट्रम्प



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घाँटी थिचेर मानिस समात्ने काम बन्द हुनुपर्ने बताएका छन्।

२५ मे का दिन मिन्नेपोलिसका एक प्रहरी अधिर्कतले जर्ज फ्लोयडलाई भुईँमा लडाएर घुँडाले घाँटी थिचेका थिए। नौ मिनेटसम्म लगातार घाँटी थिचेपछि फ्लोयडको ज्यान गएको थियो।

अश्वेत मूलका फ्लोयडको मृत्युपछि सुरु भएको आन्दोलन अहिले अमेरिकाभर फैलिएको छ। संदिग्ध व्यक्तिहरुको घाँटी दबाएर नियन्त्रणमा लिने विधिलाई चोकहोल्ड भनिन्छ।

अमेरिकी प्रहरीले मानिसहरुलाई समाउनुपर्दा यो विधि अपनाउने गर्छ। तर फ्लोयडको मृत्युपश्चात आन्दोलन चर्कँदै जाँदा अमेरिकी प्रहरीले चोकहोल्ड विधि अपनाउन छाडेको छ।

फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले भनेका छन्, ‘यदी चोकहोल्ड विधिमा प्रतिबन्ध लगाउन सके निकै राम्रो हुनेछ, तर केही मामिलामा यो विधि अपनाउनुपर्ने हुनसक्छ।’

अमेरिकी कांग्रेसमा प्रस्तावित जस्टिस इन पुलिसिङ एक्ट २०२० माथि चर्चा हुँदै गर्दा ट्रम्पले मिडियासँग यस्तो धारणा राखेका हुन्।