योगी आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

योगी आदित्यनाथलाई फोनमार्फत ज्यान मार्ने धम्की



एजेन्सी – भारतको उत्तरप्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्यनाथलाई ज्यान मार्ने धम्की आएको छ । उनलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको बताइएको छ ।

आदित्यनाथलाई शुक्रबार साँझ फोनमार्फत मुख्यमन्त्री कार्यालय लगायत ५० ठाउँमा ‘बम ब्लास्ट’ गर्ने चेतावनी समेत दिईएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

फोन कसले ? र कहाँबाट गरेको भन्ने ? विषय अझै अन्यौल रहेको जनाईएको छ र उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ।

आदित्यनाथमाथि मुस्लिम समुदायमा निर्माण बनेको हिन्दूहरूलाई मात्र जनता मानेको आरोप लाग्ने गरेको छ ।