स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका युवाहरुलाई शेखर कोइराला बधाई
काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न शहरमा भएको प्रदर्शन जायज भएको बताएका छन् । उनले भ्रष्टाचारको चाङमाथि उभिएको सरकारका लागि यो सहि कदम भन्दै तारिफ गरेका छन् ।
सामाजिक सञ्जाल ट्वटीटर मार्फत सरकारले आरडिटी र पीसीआरमा भ्रष्टाचार गरेको, राहत वितरणमा पनि भ्रष्टाचार गरेको क्वारेन्टाइनमा भ्रष्टाचार गरेको त्यस्तै चार्टर फ्लाइटमा पनि भ्रष्टचार गरेको आरोप लगाउँदै देशमा भएको प्रदर्शन भ्रष्टाचारविरुद्धको भएको भनेका छन्।
त्यस्तै कोइरालाले भ्रष्टाचारको चाङमाथि उभिएको सरकार भन्दै प्रदर्शनकारीलाई बधाई पनि दिएका छन्। उनले लेखेका छन्, ‘बधाई स्वतस्फूर्त प्रदर्शनमा उत्रिएका ति युवाहरुलाई।’
बिहीबार सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै देशका विभिन्न शहरमा नागरिक सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका थिए।