कोरोनाको उत्पतिबारे अमेरिकाले गर्ने अनुसन्धान चीनद्वारा अस्वीकार - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

कोरोनाको उत्पतिबारे अमेरिकाले गर्ने अनुसन्धान चीनद्वारा अस्वीकार



एजेन्सी । चीन सरकारले अमेरिकी अनुसन्धानकर्ताहरुले कोरोनाको उत्पतिसम्बन्धी गरेको प्रारम्भिक अनुसन्धानलाई अस्वीकार गरेको छ । अमेरिकी अनुसन्धाकर्ताहरुले कोभिड–१९ (कोरोना) चिनियाँ शहर उहानबाट फैलिएको संकेत दिएका थिए ।

जहाँ सन् २०१९ अगष्टमै यसको पहिलो मामला बाहिर आएको थियो । उक्त अनुसन्धान हावर्ड विश्वविद्यालय र बोस्टन विश्वविद्यालयका विज्ञहरुद्वारा गरिएको थियो ।

जुन अनुसन्धान उनीहरुले उतारेको तस्बिरहरुको आधारमा तयार पारिएको छ । जसमा उहानका अस्पतालका पार्किङ स्थलहरुलाई देखाइएको छ । अनुसन्धानको अर्को आधार चीनको सर्च इन्जिनलाई पनि बनाइएको छ । चीनको विदेश मन्त्रालयले यो अनुसन्धान बिल्कूल निराधार भनेको छ ।

मन्त्रालयले भनेको छ, ‘त्यहाँ धेरै त्रुटीहरु छन्, यसको उद्देश्य चीनको विरुद्ध वातावरण सिर्जना गर्नु हो ।’ उक्त अनुसन्धानमा अमेरिकासँगै विश्वका अन्य केही देशहरुमा चीनले कोरोना महामारी कसरी फैलायो भन्ने आरोप समेत लगाइएको छ । तर उक्त दाबीको बारेमा कुनै ठोस र पारदर्शिता भने देखाउन सकेको छैन ।