मोटरसाइकलमा जोर बिजोर लागू नहुने - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

मोटरसाइकलमा जोर बिजोर लागू नहुने



काठमाडौं- सरकारले लकडाउन खुकुलो पारेसँगै निजी सवारी साधनका लागि लागू गरिएको जोर बिजोर मोटरसाइकलका हकमा लागू नहुने भएको छ।

सरकारको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता तथा अर्थमन्त्री युवराज खतिवडाले यसबारे जानकारी गराएका हुन्। सार्वजनिक यातायातमाथीको प्रतिबन्ध कायमै रहेको जानकारी दिँदै उनले मोटरसाइकलबाहेकका निजी सवारी साधनमा भने जोर बिजोर लागु हुने र लामो दुरी चल्न नपाउने बताए।

‘निजी सवारी साधनको हकमा उपत्यकाभित्र र बाहिरको हकमा जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारी साधन सञ्चालन हुने छन्’, खतिवडाले भने, ‘तर निजी सवारी साधनमा चालकबाहेक बढीमा दुई जनामात्र बस्न पाइने छ।’