२४ घण्टामै २५० संक्रमित थपिए : के छ पछिल्लो अवस्था - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

२४ घण्टामै २५० संक्रमित थपिए : के छ पछिल्लो अवस्था



काठमाडौं – पछिल्लो २४ घण्टामा ठुलो संख्यामा संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार २५० जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक दिन गर्ने मिडिया ब्रिफिङका क्रममा नेपालमा थप २५० जना संक्रमित थपिएको बताइएको हो ।

कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ । नेपालमा १५ जनाको कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

पछिल्ला केहिदिनमा नेपामा हरेक दिन सर्वाधिक संक्रमित थपिने क्रम जारी छ । भारतबाट नेपाल भित्रिनेहरूको संख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

हरेक दिन ठुलो संख्यामा कोरोना संक्रमित भेटिन थालेपछि नेपालको अवस्था नाजुक बन्दै गैरहेको छ । एकातिर क्वारेन्टाइनबाट नै संक्रमण फैलिएको छ भने अर्कातिर अस्पतालमा आइसोलेसनको अभाव भैरहेको छ ।

हालसम्म विश्वभर संक्रमितको संख्या करिव ७४ लाखपुगेको छ भने करिव ४ लाख १९ हजार भन्दा बढीको मृत्यु भैसकेको छ । हालसम्म विश्वभर ३७ लाख बढी संक्रमित निको भएर घर फर्किसकेका छन् ।