विरोध गर्नेमाथि सरकारी दमन
काठमाडौँ – एमसीसी तथा काेराेना महामारीमा सरकारकाे कमजाेर प्रयासकाे विरोधमा बिहीबार काठमाडौँको नक्साल क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
ठूलो संख्यामा उपस्थित भएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रु ग्यास तथा पानीको फोहोरा हिर्काएको हो । यस्तै लाठी चार्ज पनि गरेको छ ।
एमसीसीको विरोधमा बिहीबार विभिन्न स्थानमा प्रदर्शन गर्ने क्रममा युवा विद्यार्थीहरु नक्साल क्षेत्रमा ठूलो संख्या उपस्थित भएका हुन् ।
उनीहरुमाथि प्रहरील बल प्रयोग गरेको हो । अहिले पनि प्रदर्शन जारी छ । प्रहरीलाई भिड नियन्त्रणमा लिन हम्मेहम्मे परेको छ ।
प्रदर्शनकाकारीले ‘राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रिय स्वतन्त्रताको रक्षा गरौँ, दलालहरु होसियार, प्रहरी हस्तक्षेप बन्द गर’ सहितका नारा लगाएका छन् ।
कोरोना भाइरस महामारी नियन्त्रणका लागि सरकारी प्रयास कमजोर भएको भन्दै प्रदर्शनकारीले नारा लगाएका छन् । यस्तै लकडाउनका बेला पनि कर लगाउने सरकारी निर्णयको पनि उनीहरुले विरोध गरेका छन् ।
भ्रष्टाचार तथा नागरिकमाथिको बेवास्ताप्रति प्रदर्शनकारीले सरकारलाई ‘कुरीकुरी’ पनि भनेका छन् । जनतालाई न्याय चाहिएको भन्दै उनीहरुले नारा लगाएका छन् ।