सुनको मूल्य इतिहासमै सबैभन्दा महँगो - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

सुनको मूल्य इतिहासमै सबैभन्दा महँगो



काठमाडौं- नेपाली बजारमा सुनको मूल्य इतिहासमै सबैभन्दा महँगो भएको छ । बिहीबारको नयाँ बजार मूल्य अनुसार सुनले नयाँ रेकर्ड कायम गरेको हो।

बिहीबार सुन तोलाको ८९ हजार ६ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।तेजावी सुनको मूल्य ८९ हजार १६५ रुपैयाँ कायम गरिएको छ।

चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। बिहीबार चाँदी तोलाको ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। गत वर्ष आजकै दिन सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा र चाँदी तोलाको ७१५ रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघले लकडाउन लागू भएदेखि (चैत ११ गतेदेखि) साढे दुई महिनापछि जेठ २५ गतेबाट सुन-चाँदीको कारोबार पुन: सुरु गरेको थियो। सोही दिन सुन तोलाको ८७ हजार ४ सय र चाँदीको ९२५ रुपैयाँमा कारोबार भएको थियो।