रोकिएला भन्दा झन् बढी फैलिँदैछ कोरोना संक्रमण
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट एकै दिनमा संक्रमित हुनेको संख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ।
बुधबार एकै दिनमा १ लाख ३४ हजार ७ सय ५ जना कोरोनाबाट संक्रमित भएका छन् ।
यसअघि जेठ २२ गते १ लाख ३० हजार ५ सय ४ जनामा संक्रमण देखिएकाे थियो भने जेठ २३ गते १ लाख ३० हजार ६ सय २३ जना संक्रमित भएका थिए । उक्त रेकर्ड तोड्दै बुधबार एकै दिनमा यति ठूलो संख्यामा संक्रमित थपिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ५ हजार १ सय ६५ जनाको मृत्यु भएको छ । मंगलबार ४ हजार ७ सय ३२ जनाको मृत्यु भएको थियो ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ७३ लाख ९७ हजार ७ सय ९४ व्यक्ति संक्रमित भएका छन् भने ४ लाख १६ हजार १ सय १६ व्यक्तिको मृत्यु भएको छ ।
सबैभन्दा बढि संक्रमित र मृतक अमेरिकामा छन् । जहाँ २० लाख ४ सय ६४ ब्यक्तिमा संक्रमण पुष्टि भएको छ भने १ लाख १२ हजार ९ सय २४ जनाको मृत्यु भएको छ ।
ब्राजिलमा ७ लाख ७२ हजार ४ सय १६ जना संक्रमित भएका छन् भने ३९ हजार ६ सय ८० जनाको मृत्यु भएको छ । रुसमा ४ लाख ९३ हजार २३ जना संक्रमित भएका छन् भने ६ हजार ३ सय ५० जनाको मृत्यु भएको छ ।
बेलायतमा २ लाख ९१ हजार ५ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ भने ४१ हजार २ सय १३ जनाको मृत्यु भएको छ । भारतमा २ लाख ८६ हजार ८ सय ७४ जनामा संक्रमण देखिएको छ भने ८ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
स्पेनमा २ लाख ४२ हजार २ सय ८० जना संक्रमित भएका छन् भने २७ हजार १ सय ३६ जनाको मृत्यु भएको छ । यस्तै इटालीमा २ लाख ३५ हजार ७ सय ६३ जना संक्रमित हुँदा ३४ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।
नेपालमा भने हालसम्म ४ हजार ३ सय ६४ जनामा संक्रमण पुष्टि भएको छ भने १५ जनाको मृत्यु भएको छ ।