अब आइफोनमा पनि कल रेकर्ड गर्न मिल्ने - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

अब आइफोनमा पनि कल रेकर्ड गर्न मिल्ने



काठमाडौं – अब आइफोनमा पनि कल रेकर्ड गर्न मिल्ने भएको छ । एप्पलले सार्वजनिक गर्न लागेको नयाँ अपरेटिङ्ग सिस्टममा कल रेकर्डको सुविधा पनि थप्न लागिएको हो ।

आइफोनका प्रयोगकर्ताहरूका लागि निकै समस्या बनिरहेको थियो । अब भने कल रेकडिङ पनि गर्न मिल्ने सुविधा थपिएको खुलेको छ ।

केहि समयअघि ह्याकरहरुले एप्पलको आउन लागेको नयाँ अपरेटिङ्ग सिस्टम आईओएस १४ को बारेमा सार्वजनिक गरेको विवरण अनुसार एप्पलको आईओएसमा भ्वाइस कल तथा फेसटाइम रेकर्डिङ गर्न सकिने फिचर राखिएको छ ।

कल रेकर्डिङ फंगसनको रूपमा चिनिने उक्त फीचर सेटिङ एप्लिकेसनमा नै प्राप्त हुनेछ ।

जेलब्रेक कम्युनिटीमार्फत भर्खर आएको नयाँ जानकारी अनुसार कल रेकडिङ गर्नका लागि फोन गर्ने अर्को व्यक्तिको सहमति आवश्यक पर्ने स्पष्ट पारिएको छ । उक्त विषयले कसैको गोपनियता भंग भए स्थानीय कानून आकर्षित हुने पनि एप्पलले प्रष्ट्याएको छ ।

कल रेकर्डिङ्ग वा कल ट्याप गर्नु अधिकांश देशहरुमा गैर कानूनी रहेको छ । नेपालमा पनि कल रेकर्डिङ्गलाई गैह्रकानूनी मानिएको छ । एप्पलले आफ्नो नयाँ आईओएस १४ यहि जून २३ मा लन्च गर्ने तयारी गरेको छ ।