लकडाउन खुकुलो: के गर्न पाइन्छ के पाइंदैन ? - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

लकडाउन खुकुलो: के गर्न पाइन्छ के पाइंदैन ?



काठमाडौं- सरकारले बिहिबारबाट लागु हुनेगरी लकडाउन खुकुलो पार्ने निर्णय गरेको छ । झण्डै तीन महिनादेखि जारी लकडाउनलाई बिहीबारदेखि खुकुलो बनाउने निर्णय गरेको हो।

बुधबार बेलुका बसेको मन्त्रिपरिषद्ले बिहीबारदेखि लागु हुनेगरी मोटरसाइकलमा एक जनामात्र चढ्ने, नीजि कारहरुमा चालकबाहेक दुईजना सवार हुनेगरी चलाउन सबैलाई खुलाा गर्ने निर्णय गरेको हो।

रेष्टुरेन्टहरुमा टेक अवे सर्भिस (खाना लैजाने मात्र) खुला गर्ने भएको छ। त्यसैगरी सरकारी कार्यालय असार १ गतेदेखि पूर्णरुपमा सञ्चालन गरिने भएको छ।

शहर प्रवेश गर्ने नाकामा भने थप कडाई गर्ने निर्णय समेत गरिएको छ।