भोलीदेखि सवारी साधन चल्न र पसल खोल्न दिने सरकारको निर्णय - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

भोलीदेखि सवारी साधन चल्न र पसल खोल्न दिने सरकारको निर्णय



काठमाडौं- सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने निर्णय गरेको छ ।

भर्खरै सकिएको मन्त्रिपरिषद् बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको एक मन्त्रीले बताए । उनका अनुसार बिहीबार ३ बजे लकडाउनको मोडालिटी सार्वजनिक गरिनेछ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले लक डाउन खुकुलो पार्दै जोर बिजोर प्रणालीबाट निजी सवारी साधन चल्न दिने र पसल खोल्न दिने निर्णय गरेको हो ।