अस्पतालबाट डाक्टरले नै अल्ट्रासाउण्ड मेसिन चोरेपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अस्पतालबाट डाक्टरले नै अल्ट्रासाउण्ड मेसिन चोरेपछि…



काठमाडौं- पाटन अस्पतालको आईसीयूबाट पोर्टेवल अल्ट्रासाउण्ड मेसिन चोरी गरेको आरोपमा एक डाक्टर पक्राउ परेका छन्। प्रहरीले डा. प्रविन मिश्र र अर्का एक युवकलाई पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्ने सर्लाही बलरा नगरपालिका–१ घर भई हाल काठमाडौं बस्ने वर्ष ३६ को डा. प्रविन मिश्र र महोत्तरी बर्दिवास नगरपालिका–१३ बर्दिवास बस्ने वर्ष २० को रमेश कुमार शर्मा छन्।

यही जेठ १७ गतेको दिन विहान पाटन अस्पतालको आईसीयू वार्डमा रहेको २० लाख ७९ हजार ८०७ रुपैयाँ पर्ने पोर्टेवल अल्ट्रासाउण्ड मेसिन मर्मत गर्न कम्पनीबाट आएका हौं भन्ने वहाना बनाई सो वार्डमा रहेका स्वास्थ्यकर्मीहरु व्यस्त रहेको मौका छोपी उक्त मेसिनको पार्ट पुर्जाहरु चोरी गरी लगेको प्रहरी अनुसन्धानले देखाएको छ।

उनीहरुलाई ललितपुर जिल्ला अदालतबाट प्रहरी हिरासतमा राख्न दिन ५ को म्याद थप अनुमति लिई थप अनुसन्धान भई रहेको पनि प्रहरीले जनाएको छ।