प्रमाण बिना सेनालाई विवादमा ल्याउने काम भयो : नेपाली सेना - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रमाण बिना सेनालाई विवादमा ल्याउने काम भयो : नेपाली सेना



काठमाडौं- नेपाली सेनाले कोभिड–१९ नियन्त्रण एवम् रोकथामका लागि स्वास्थ्य सामग्री खरिदका विषयमा सेनालाई विवादमा ल्याउने कार्य भैरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जी टू जी प्रक्रियामार्फत् चीनबाट खरिद गरिएका स्वास्थ्य सामग्री र उपकरणका बारेमा सेनालाई विवादमा ल्याउने काम भैरहेको भन्दै सेनाले बुधबार प्रेस विज्ञप्ति जारी गरी आपत्ति जनाएको छ।

‘प्रचलित प्रक्रिया र मापदण्ड बम्मोजिम खरिद गरिएका सामग्रीहरुको मूल्यको तुलनाको आधारमा विना तथ्य प्रमाण राष्ट्रिय सेनालाई आक्षेप लगाउनु आफैमा अत्यन्त गम्भीर विषय हो’ विज्ञप्तिमा भनिएको छ।

सार्वजनिक खरिद ऐन अन्र्तगत नै सबै सरोकारवाला निकायका प्रतिनिधि सम्मिलित खरिद इकाई र गुणस्तर नियन्त्रण निरीक्षण उपसमिति गठन गरी सामग्री खरिद गरिएको सेनाले स्पस्ट पारेको छ।

अनियमितताका सबै सम्भावनाहरुलाई निरुत्साहित गर्न आन्तरिक खरिद निर्देशिकासमेत जारी गरेको भन्दै सेनाले विषम परिस्थिति, माग र आपूर्तिको फरक परिवेश तथा गुणस्तर जस्ता विषयहरु तुलना गर्न नसकिने बताएको छ।