गगन थापालाई प्रधानमन्त्रीको जवाफ- नेपालको नराम्रो भन्ने सोच त्याग्नुस - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गगन थापालाई प्रधानमन्त्रीको जवाफ- नेपालको नराम्रो भन्ने सोच त्याग्नुस



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधी क्षमतामा सन्देह नगर्न अनुरोध गरेका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नकोे जवाफमा उनले यस्तो बताएका हुन्।

‘जहाँ योग पैदा भयो, त्यहाँ इम्युन सिस्टम राम्रो हुन्छ। आहारव्यहार र निद्रा ऋषिमुनिहरुले स्वास्थ्यका लागि निर्धारण गरेका कुरा हुन्। जसले हामीलाई स्वस्थ रहन मद्दत गरेको छ,’ प्रधानमन्त्रीले भने।

प्रम ओलीले थपे, ‘नेपालीको भान्सा पाउरोटीमा बटर दलेर खाने खालको होइन। नेपाली भान्सामा दाल, भात, अचार त्यसमा पनि बेसार हालेर खाने भएकाले रोग प्रतिरोधी क्षमता राम्रो भएको हो।’

नेपालको चाहिँ सबै कुरा नराम्रो तर विदेशीको राम्रो भन्ने सोच नराख्न प्रम ओलीले आग्रह गरे। उनले भने, ‘नेपालको सबै नराम्रो भन्ने नसोचौं। नेपालको रोधीघर राम्रो, बाजा राम्रो, दाहोरी पनि राम्रो, गीत पनि राम्रो। खाना पनि राम्रो छ। हामीले हात मिलाउनुभन्दा नमस्ते गर्नु ठिक भन्ने सावित भइसकेको छ।’

ओलीले थपे, ‘हाम्रा पुर्खाले नचाखेको कुनै पात छैन होला। त्यसैले कुन औषधि हो, कुन विष हो सबै हामीलाई थाहा हुन्छ। हाम्रो आयुर्वेद मूल्यवान छ। त्यसको संरक्षण गर्नुपर्छ।’

आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका क्रममा नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री ओलीले बारम्बार भन्ने गरेको नेपालीको रोग प्रतिरोधी क्षमताबारे प्रश्न सोधेका थिए।

‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता धेरै छ भनेर कसले भन्यो ? नेपालमा मर्नेको संख्या कम छ भन्नुभयो प्रधानमन्त्रीले । यो संख्यालाई विश्वको आँकडासँग दाँजेर हेर्नुभएको छ ?’ गगन थापाले प्रश्न गरेका थिए