नेपालको नयाँ नक्शा खारेज गर्न सांसद सरिता गिरीले गराइन संशोधन दर्ता - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

नेपालको नयाँ नक्शा खारेज गर्न सांसद सरिता गिरीले गराइन संशोधन दर्ता



काठमाडौं- नेपालको नयाँ नक्शा खारेज गर्न माग गर्दै सांसद सरिता गिरीले संसदमा संशोधन दर्ता गराएकी छन ।

परिमार्जित नक्शा संविधानमा समेट्न सरकारले ल्याएको सविधान संशोधनलाई खारेजी गर्नुपर्ने माग गर्दै गिरीले संसदमा संशोधन दर्ता गराएकी हुन्।

बुधबार दिउँसो सिंहदरबार पुगेर उनले सो प्रस्ताव दर्ता गरेकी हुन्।

‘गिरीले अहिले सरकारले ल्याएको नक्शा गलत छ। त्यो खारेज हुनुपर्छ भन्ने माग गर्दै संशोधन विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएकी छन्,’ संसदको विधेयक शाखाका प्रमुख ले बताए ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर बैशाख ७ गते नयाँ नक्सा जारीगरेपछि त्यसलाई संविधानको अनुसूचिमा भएको निशान छापमा अंकित नक्शामा परिमार्जन गर्न संशोधन विधेयक पारित गर्ने प्रक्रियामा छ।