चीनले भन्यो : हार्वड विश्वविद्यालयको अनुसन्धान हास्यास्पद

एजेन्सी- चीनले हार्वड विश्वविद्यालयको एक अनुसान्धानलाई खारेज गरिदिएको छ । जसमा गतवर्षको अगष्ट महिनामै चीनमा कोरोना फेला परेको बताइएको थियो ।
हार्वड मेडिकल स्कुलले अस्पतालमा आएका बिरामीहरुको संख्या र सर्च इन्जिनको डाटाका आधारमा गरिएको नयाँ कोरोना भाइरस गत वर्ष अगष्टबाट नै फैलिएको जनाएको थियो ।
समाचार एजेन्सी रोएटर्सका अनुसार चीनले यो अनुसन्धानलाई हास्यास्पद बताएका छ । वैज्ञानिकहरुले यस अनुसन्धानमा संक्रमण कहिलेबाट शुरु भयो भन्ने कुनै ठोस प्रमाण नदिएको बताएका छन् ।
यस अनुसन्धानमा चीनको वुहानमा अस्पतालहरुको पार्किङमा राखिएका सवारी साधनको संख्या गन्न स्याटेलाइट तस्विरहरुको प्रयोग गरिएको थियो । कोरोना भाइरस गतवर्ष डिसेम्बरमा सबैभन्दा पहिलो वुहान सहरमा फेला परेको थियो ।
हुनत हार्वड मेडिकल स्कुलको यो अनुसन्धानलाई अन्य वैज्ञानिकहरुले कुनै समिक्षा नै गरेका छैनन् । अनुसन्धानमा सर्च इन्जिनहरुमा लक्षणहरुसँग मेल खाने कफ र झाडापखालाको डाटाको पनि अध्ययन गरिएको थियो । अनुसन्धानकर्ताहरुले वुहानको अस्पतालमा आउनेहरुको संख्या र सर्च इन्जिनको डाटामा वृद्धि डिसेम्बर २०१९ भन्दा पहिले नै भएको थियो ।
त्यसैगरी युनिभर्सिटी अफ एडिनबरामा भायरलोजीका विशेषज्ञ डा. पल डिगार्डले स्याटेलाइट तस्विरहरुबाट अस्पतालमा आउनेहरुको संख्या र सर्च इन्जिनको डाटाको प्रयोग गर्नु एक रोचक उपाय भएको बताउँदै केही हदसम्म पाच्य पनि हुने तर्क गरे ।
बेलायतको नाटिङ्घम युनिभर्सिटीका प्रोफेसर कीथ नीलले भने यसलाई रोचक कामको संज्ञा दिँदै आफूहरुलाई यसले त्यति फाइदा दिने नठानेको टिप्पणी गरे ।

