रेडियो नेपालका कार्यकारी निर्देशकले दिए एकाएक राजीनामा - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

रेडियो नेपालका कार्यकारी निर्देशकले दिए एकाएक राजीनामा



काठमाडौं- रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले पदबाट राजीनामा दिएका छन्।

कार्कीले आज मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत् प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमक्ष राजीनामा पेस गरेका हुन्।

२०६९ मङ्सिर १९ गतेको मन्त्रिपरिषद् निर्णयबाट पहिलो पटक चार वर्षका लागि नियुक्त भएका कार्की २०७३ माघ ६ गते दोस्रो पटक थप चार वर्षका लागि नियुक्त भएका थिए। दोस्रो कार्यकालको ६ महिना अवधि बाँकी हुँदै कार्कीले पदबाट राजीनामा दिएका छन्।

केही समयअघि रेडियो नेपालबाट प्रसारण भएको डा. बाबुराम भट्टराईको अन्तर्वार्तालाई लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले कार्यकारी निर्देशक कार्कीलाई तीन दिने स्पष्टीकरण मागेको थियो।