अब भारतलाई अल्टिमेटम दिनुपर्छः लालबाबु पण्डित - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

अब भारतलाई अल्टिमेटम दिनुपर्छः लालबाबु पण्डित



काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद लालबाबु पण्डितले नेपाली भूमि फिर्ता गर्न र आफ्ना सेना लैजान भारतलाई अल्टिमेटम दिनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फले ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावमाथिको छलफलमा बोल्दै उनले नेपाली भूमि फिर्ताका लागि भारतलाई एक महिनाको अल्टिमेटम दिनुपर्ने बताएका छन् ।

उनले भने, ‘नेपाल सरकारले लुटिएको भूमि फिर्ताका लागि भारतलाई वार्तामा आउन एक महिनाको समय दिनुपर्छ । यो एक महिनाको अवधिमा वार्तामा भारत आएन भने बाँकी दुई महिनाको समय दिएर भारतीय फौज हटाउन अल्टिमेटम दिनुपर्छ ।’

उनले भारत वार्तामा आएन र सेना फिर्ता गरेन भने नेपाल एकढिक्का भएर अन्तर्राष्ट्रिय मञ्‍चमा जानुपर्ने बताएका छन् ।

‘नेपाल सरकारले भारतीय सेना फिर्ता लैजान दिएको दुई महिनाको समयमा पनि फिर्ता गरेन र वार्तामा आएन भने नेपाल अन्तर्राष्ट्रिय मञ्‍चमा जानुपर्छ । नेपाल एकढिक्का भएर सुरक्षात्मक स्थितिसहित नेपाल अघि बढ्नुपर्छ’, उनले भने ।